Sunday 22nd of September 2019

भतिजाद्वारा काकामाथि खुकुरी प्रहार

काठमाडौं । खोटाङमा २५ वर्षीय दिनेश कटवालले आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका छन् ।

मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ ।

काकालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाउने मझुवागढी नगरपालिका-५ कटुवाल टोलका २५ वर्षीय दिनेशलाई प्रहरीले मंगलबार राति नै पक्राउ गरेको छ

प्रतिक्रिया दिनुहोस्