Wednesday 16th of October 2019

नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका-८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलाबाट आइतबार विहान प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बरहथवा नगरपालिका-६ का ४० वर्षीय राजेश साह रहेका छन् । साहको साथबाट प्रहरीले २ हजार दरको २ थान नक्कली नोट बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्