Wednesday 16th of October 2019

गाउँपालिकाको गाडीमा आगजनी

काठमाडौँ — बझाङको बित्थडचिर गाउँपालिकाको गाडीमा आगजनी गरिएको छ । देउलेक बजारमा पार्किङ गरेको गाडीमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आगजनीबाट गाँउपालिकाको से १ झ २७४ नम्बरको गाडीको अगाडिको भागसहित इन्जिन पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयले जानकारी दिएका छन्।

गाडीमा आगो कसले र किन आगो लगायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको र घटनामा संलग्नहरुको खोज जारी राखेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घट्नामा संलग्न रहेको आशंकामा नेत्रविक्रम चन्द समूहका कार्यकर्ता अम्मर महरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्