Wednesday 16th of October 2019

रुपन्देहीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु

बुटवल । रुपन्देहीमा लुटेरा समूहले एक व्यक्तिको गोली हानी हत्या गरेको छ ।

बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका-५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका-३ मा हत्या भएको हो । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए ।

कुर्मीको घटनास्थलमै मृत्यु भएको छ ।

गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्