Wednesday 16th of October 2019

पत्रकार सम्मेलनस्थलबाट ज्ञानेन्द्र शाही पक्राउ

ललितपुर । नेपालगञ्ज विमानस्थलमा शनिवार साँझ भएको घटनाबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनस्थलबाट ज्ञानबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाहीलाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको हो । शाहीले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा दुर्व्यवहार गरेको विषय र सो बारे मन्त्री भट्टराईले दिएको प्रष्टिकरणको खण्डन गर्न आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रश्न सोध्ने र उत्तर दिनेबीच झडप भएको थियो । पत्रकार र युट्युबर तथा शाहीका समर्थकबीच अचानक झडपको स्थिती आएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको बताएको छ ।

पक्राउ परेका शाहीलाई सुरक्षा दिएर राखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीसहितको समूहले मन्त्री भट्टराईलाई शनिबार साँझ बुद्ध एयर डिले गरेको भन्दै जहाजमा चढेपछि गालीगलौज गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्