Wednesday 16th of October 2019

टीआरसीलाई बदला लिन प्रयोग गर्ने प्रयास भयो : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन मुद्दा टुंग्याउन सोचेजस्तो सजिलो नभएको बताएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी)लाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको उनको विश्लेषण छ ।

सहिद प्रष्तिठानको ११ औं साधारणसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले टीआरसीको संयोजकमा दलहरुबीच समझदारी भएसँगै जटिलता देखा परेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ‘तपाईले जसलाई भन्न्नुहुन्छ, उसलाई संयोजक बनाउँछु’ भनेको उनले सुनाए । तर हिजो माओवादी आन्दोलनमा लागेका सबैले आवाज नउठाए सजिलै पार नलाग्ने उनले बताए ।

प्रचण्डले अघि भने, ‘अहिले पनि यो प्रक्रिया सकारात्मक ढंगले टुंगोमा पुग्न नदिने, उद्योगका रुपमा चलाउने र टीआरसीलाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्