Wednesday 16th of October 2019

पक्राउ गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न काँग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसले सरकारी संचार माध्यम रेडियो नेपालको डोटी शाखामा कार्यरत ३ जना पत्रकारलाई पदमुक्त गरिएको घटनाका विरुद्ध आवाज उठाइरहेका पत्रकारहरुलाई गिरफ्तार गरिएकोमा भत्सर्ना गरेको छ ।

रेडियो नेपालको सिंहदरबारस्थित परिसरबाट आज नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पदाधिकारीसहित पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा काँग्रेसले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

एक विज्ञप्ती जारी गर्दै काँग्रेसले पत्रकार रामप्रसाद दाहाल, अजयवावु शिवाकोटी, जन्मदेव जैसी, यम विरही, दिलिप पौडेल, मीन बम, चक्र कुँवर, प्रकाश बम र योगेन्द्र बलायरलाई तत्काल रिहाई गर्न र डोटीका पदमुक्त गरिएका पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई यथाशीघ्र काममा वहाली गर्न पनि सरकारसंग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्