Wednesday 16th of October 2019

नलगाड जलविद्युतको मुआब्जा पाउनेको नामावली सार्वजनिक

काठमाडौं । सरकारले जाजरकोटमा निर्माण हुन लागेको जलाशययुक्त नलगाड जलविद्युत् आयोजनाको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटले मंगलबार मुआब्जा पाउने जग्गा धनीहरूको नाम सार्वजनिक गर्दै जलाशयबाट प्रभावित स्थानमा अधिग्रहण प्रक्रिया थालेको हो ।

आयोजनाबाट बारेकोट गाउँपालिकाअन्तर्गत पर्ने साविकको सकला गाविसका वडा नं. १, २, ३, ४, ७, ८ र ९, नायकवाडाका ५, ६, ७ र ८, रोकायागाउँका ६ र ९ सँगै रामीडाँडाका १, २, ३ र ६ वडा डुबानमा पर्ने अनुमान गरिएको छ ।

जग्गा प्राप्ति ऐन २०३४ को दफा ९ (१) अनुसार अघि बढाइएको अधिग्रहण प्रक्रियामा ३ हजार ८ सय ६१ जग्गाधनीको नाम मुआब्जा पाउनेको सूचीमा छ ।

मुआब्जा पाउनेहरुको नाम र जग्गाको क्षेत्रफल सार्वजनिक गरेको प्रशासनले मुआब्जा प्राप्तिका लागि १५ दिनभित्र जग्गाधनी प्रमाणपत्रलगायतका कागजातसहित सम्पर्क राख्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्