Wednesday 16th of October 2019

अध्यक्षमा उम्मेदवारी नदिने उज्ज्वल थापाको घोषणा

काठमाडौं । विवेकशील नेपाली दलका उज्ज्वल थापाले पुनः अध्यक्षमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

पार्टीको अधिवेशन कात्तिक १ र २ गते हुँदैछ, जसमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ ।

अध्यक्ष थापाले सोमबार आन्तरिक छलफलमा आफू अध्यक्षमा नउठ्ने घोषणा गरेका हुन् । ‘उहाँले आफू पार्टीमा रहने तर नेतृत्व नयाँ साथीहरु आउनुस् भन्नु भएको छ’, एक नेताले भने ।

प्रतिक्रिया दिनुहोस्