Monday 16th of December 2019

नेपाल एयरलाइन्स सुधार्न २२ वर्षमा सातौं प्रतिवेदन

काठमाडौं । हरेक नयाँ सरकार गठनपिच्छे नेपाल वायु सेवा निगम व्यवस्थापन सुधार गर्दै यसको श्रीवृद्धि गर्ने उद्देश्य सार्वजनिक गरिन्छ । हरेक पर्यटनमन्त्रीको पहिलो प्राथमिकतामा निगम नै परेको हुन्छ । यसका बाबजुद यो संस्था दिनानुदिन धराशायी बन्दै गइरहेको छ ।

समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको निगमको व्यवस्थापकीय सुधारमा पुनः एकपटक सरकार तात्तिएको छ । यसको नेतृत्व पर्यटनमन्त्री योगेश भट्टराईले गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालेको केही दिनभित्रै २२ साउन ०७६ मा उनले पूर्वसचिव सुशील घिमिरेको नेतृत्वमा एक कार्यदल गठन गरे । यो कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ ।

पछिल्लो २२ वर्षमा निगम सुधारका लागि बनाइएको यो ७ औं प्रतिवेदन हो । अघिल्ला ६ वटा प्रतिवेदनले केही लछारपाटो लाउन नसक्दा सातौं प्रतिवेदन सञ्जीवनी बुटी बन्ला त ? मन्त्री भट्टराई भन्छन्, ‘म यहाँ दिएका हरेक सुझाव कार्यान्वयनको कार्यतालिका बनाएर केही दिनमै सार्वजनिक गर्छु ।’

उनले यो प्रतिवद्धता व्यवहारमा कति उतार्छन्, त्यो आगामी दिनमा देखिने छ । तर, नेतृत्व इमानदार हुने हो भने निगम सुधारमा कुनै समस्या नरहेको पूर्वसचिव घिमिरेको भनाइ छ । ‘राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनीको रूपमा निगमको गौरव गर्नलायक इतिहास छ,’ उनी भन्छन्, ‘अब राज्यले अभिभावकत्व लिएरै यसको सुधारमा लाग्नु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्