Wednesday 16th of October 2019

तीनकुनेस्थित एक पेट्रोल पम्प नजिकैको विद्युत पोलमा आगलागी

काठमाडौँ । तीनकुनेस्थित एक पेट्रोल पम्प नजिकैको विद्युत पोलमा विद्युत सर्ट भएर आगलागी भएको छ । कोटेश्वरबाट सिनामंगल जाने बाटोमा रहेको पेट्रोल पम्प नजिकै शुक्रबार बिहान आगलागी भएको हो ।

स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो ।

अहिले त्यस क्षेत्र आसापासमा विद्युत तथा टेलिफोन सेवा अवरुद्ध भएको छ । सडक क्षेत्रमा अव्यवस्थित तरिकाले तारहरु राखिदा यस्ता दुर्घटनाहरु निम्तने गरेका छन् ।