Wednesday 16th of October 2019

उपमेयरको गाडी निजिकै कुकर बम विस्फोट

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राई चढ्ने गाडी निजिकै कुकर बम विस्फोट भएको छ । गएराति अज्ञात समूहले उपमेयर राई चढ्ने गाडी नजिकै बम राखेको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

बम पूर्ण रुपमा विस्फोट नभएकाले ठूलो क्षति हुन नपाएको प्रहरी निरीक्षक अमतलाल माझीले जाानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । घटनास्थल नजिकै चन्द समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरीले शंकास्पद वस्तु समेत फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्