Wednesday 16th of October 2019

बालिका जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक जना पक्राउ

मुसिकोट । रुकुमपश्चिममा बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

स्थानीय एक १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्लाको सानीभेरी गाउँपालिका–१ का ४५ वर्षीय गङ्गे पुन पक्राउ परेका हुन् । निजले घरमा कोही नभएको मौका छोपेर खाना पकाउँदै गरेकी बालिकाको संवेशदनशील अङ्ग समाती लछारपछार गरेर जबर्जस्ती करणी गर्न खोजेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनका अनुसार पीडितपक्षले दिएको किटानी जाहेरीका आधारमा आफन्तको घरमा लुकेर रहेका पुनलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको हो । उनलाई जबर्जस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्