Wednesday 16th of October 2019

बाबुछोराको हत्या आरोपी पक्राउ

गण्डकी । बाबुछोराको हत्या गरेको आरोपमा जिल्ला प्रहरी स्याङ्जाले हरिनास गाउँपालिका–३ ललहीका ३३ वर्षीय दीपक भन्ने दानबहादुर मल्ललाई पक्राउ गरेको छ । बिहीबार पक्राउ परेका मल्ललाई बिहीबार नै कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

बुधबार सोही ठाउँकी अनिता खड्काले प्रहरीमा दिएको किटानीसहितको जाहेरीको आधारमा प्रहरीले मल्ललाई पक्राउ गरेको हो ।

जाहेरीको आधारमा अनुसन्धान गर्दा हत्यामा संलग्न मल्ल नै रहेको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए। उनका अनुसार म्याद थप गरी थप अनुसन्धानका लागि मल्ललाई हिरासतमा राखिएको छ ।

स्याङ्जाको हरिनास गाउँपालिका–३ ललहीका ३० वर्षीय चित्रबहादुर खड्कका र उनको ४ वर्षीय छोरा रिजनको गत भदौ १७ मा विभत्स हत्या भएको थियो । प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी सुतेकै अवस्थामा उनीहरुको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्