Wednesday 16th of October 2019

नेकपा सचिवालयको बैठक बस्दै, प्रदेश दुईमा देखिएको विवाद मुख्य एजेन्डा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज बस्ने भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओलीको व्यस्तता र अध्यक्ष पुष्पकमल दाहालको अस्वस्थताका कारण बिहीबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा प्रदेश २ को नेकपामा देखिएको विवादमा छलफल गरिने बताइएको छ । साथै, बैठकले एकता प्रक्रियाका बाँकी रहेका कामको पनि टुङ्गो लगाइने पार्टीले जनाएको छ ।

आजको बैठकमा पार्टीको लेखा आयोग, प्रवास कमिटी, अनुशासन आयोग लगायतका विभिन्न सङ्गठनको समायोजन तथा कार्यविभाजन गर्ने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्