Wednesday 26th of February 2020

भूपरिवेष्टित देशलाई लगानी र प्रविधि हस्तान्तरण आवश्यक छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्र संघको ७४ औं महासभामा सहभागी हुन अमेरिका पुगेका मन्त्री ज्ञवालीले बुधबार ट्रम्पसँग भेटवार्ता गरेका हुन् ।

अमेरिकाले उच्चस्तरीय सम्बोधन गरेपछि विभिन्न देशको नेतृत्व गरेर आएकाहरूलाई रात्रिभोज दिने प्रचलन छ । यही परम्पराअनुसार, बुधबार आयोजना गरिएको रात्रिभोजमा ज्ञवालीले सहभागी हुने अवसर पाएका थिए । त्यही रात्रिभोजका क्रममा ट्रम्पसँग ज्ञवालीले संक्षिप्त भेटवार्ता गरेको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नगएपछि ज्ञवाली नेपाली टोलीको नेतृत्व गर्दै महासभा बैठकमा सहभागी भएका छन् । बैठकको दौरानमा विभिन्न देशका राष्ट्र प्रमुख तथा समकक्षीसँग उनले भेटिरहेका छन् । उनले ती भेटघाट सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन् । भेटवार्ताको सिलसिलामा अमेरिकी राष्ट्रपति ट्रम्पसँग आमनेसामने भएको सरकारी समाचार संस्था राससले जनाए पनि ज्ञवाली आफैंले यसबारे सार्वजनिक गरेका छैनन् ।

समाचारहरुमा बताइएअनुसार, भेटवार्ताका क्रममा ट्रम्पले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे ज्ञवालीसँग जिज्ञासा राखेका थिए । जवाफमा ज्ञवालीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए । दुईबीच अन्य द्विपक्षीय हितबारे पनि कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्