Sunday 15th of December 2019

सभामुखको केस रफादफा हुनुहुँदैन : गगन थापा

बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको घटना सामसुम पार्न नहुने बताएका छन् । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्ने थापाले बताए ।

रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा थापाले भने, ‘अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने कुराको आधारमा यो केस यत्तिकै रफादफा हुनु हुँदैन ।’

कानुनभन्दा माथि कोही पनि नहुने बताउँदै थापाले सभामुख दोषी नभए उन्मुक्ति पाउनुपर्ने र अभियोग लगाउने महिला दोषी भए दण्ड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्