Wednesday 16th of October 2019

ट्र्याक्टर दुर्घटना हुँदा एकको ज्यान गयो

मकवानपुर । ट्र्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७ नंको ट्र्याक्टर भैरवडाँडामा दुर्घटना हुँदा दर्लामीको ज्यान गएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

तीव्रगतिका कारण अनियन्त्रित भएर ट्र्याक्टर सडकमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्