Wednesday 16th of October 2019

सी को भ्रमणका क्रममा सुर्पुदगी सन्धि नहुने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका क्रममा सुर्पुदगी तथा पारम्परिक कानुनी सहायता सन्धिमा हस्ताक्षर नहुने भएको छ ।

पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग बिहीबार भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो जानकारी दिएका हुन् । सुर्पुदगी सन्धिबारे विभिन्न देशसँग छलफल भएपनि अहिले टुंगोमा नपुगेको उनले बताए ।

राष्ट्रपति सी शनिबार नेपाल आउनेछन् ।

सुर्पुदगी सन्धिको मस्यौदालाई अन्तिम रुप दिन सहसचिवस्तरको कार्यदल बनाएर दुई देशका अधिकारीहरुबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्