Wednesday 13th of November 2019

एनआरएनएको महासचिवमा कांग्रेस भर्सेस कांग्रेस !

काठमाडौं । महिनौं अघिदेखि एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा महासचिव पदका उम्मेदवारहरुको चर्चा चल्यो । बेलायतका डा. हेमराज शर्मा, अमेरिकाबाट डा.केशव पौडेल, मध्यपुर्वका डम्बरबहादुर (डीबी) क्षेत्री र बेल्जियम निवासी व्यवसायी जानकी गुरुङको नाम चुनावको दुई दिन अघिसम्म महासचिवका लागि चर्चामा रह्यो ।

अन्ततः सोमबार अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले जानकी गुरुङलाई महासचिवमा अघि सारेपछि चुनावी रोचकता झनै रोचक बनेको छ । किनभने, वामपन्थी प्यानलका अध्यक्ष कुमार पन्त समूहबाट उम्मेदवार बनेका डा. हेमराज शर्मा पनि प्रजातान्त्रिक विचारधारकै ठानिन्छन् भने जानकी गुरुङ पनि युरोपबाट कांग्रेसको राजनीतिमा सक्रिय छिन् ।

अर्थात्, यसपटक महासचिव पदका लागि मुख्य प्रतिस्पर्धा कांग्रेस भर्सेस कांग्रेसकै लडाइँ हुने देखिएको छ ।

आचार्य समूहलाई कांग्रेस निकटको आधिकारिक समूह ठानिएकाले पनि विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुले गुरुङलाई नै भोट गर्न सर्कुलेशन गर्ने सुत्रको दाबी छ ।

तर, अर्का प्रत्यासी डा. शर्मा प्रजातान्त्रिक पृष्ठभूमिका भए पनि कुमार पन्तको टीमबाट महासचिवमा उठेकाले उनले कम्युनिस्ट समर्थकको भोट तान्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्