Tuesday 10th of December 2019

नेकपामा उपनिर्वाचनका लागि कात्तिक १० भित्र उम्मेदवार सिफारिस गर्नुपर्ने

काठमाडौं । नेकपाले आसन्न उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम आगामी कात्तिक १० गतेभित्र सिफारिस गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन दिएको छ ।

नेकपाको बुधबार बिहान बसेको सचिवालय बैठकको निर्णयअनुसार प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रको कमिटी र जिल्ला कमिटीलाई तीन-तीन जनाको नाम कात्तिक १० गतेभित्र केन्द्रमा सिफारिस गर्न भनेको हो । सो सिफारिसको आधारमा अन्तिम निर्णय केन्द्रले गर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

जहाँ निर्वाचन क्षेत्रीय कमिटी बनेको छैन, त्यहाँ जिल्ला कमिटी र प्रदेश कमिटीलाई नाम सिफारिस गर्न भनिएको छ । प्रदेश कमिटीको हकमा पनि त्यही कुरा लागू हुने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्