Wednesday 13th of November 2019

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्धारा भण्डारी र सिटौला सम्मानित

काठमाडाै । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले बेलायतमा बसेर नेपाली भाषा साहित्यमा विशेष याेगदान दिएकाेमा साहित्यकार मञ्जु भण्डारी र विदूर सिटौलालाई सम्मान गरेको छ । साहित्यकार तथा प्रतिष्ठानका अध्यक्ष गोपिकृष्ण प्रसाईको अध्यक्षतामा भएको सो कार्यक्रममा स्रष्टा द्धाय सम्मानित हुन भएको हो ।

सो अवसरमा सम्माननित हुनु भएका भण्डारी र सिटौलाले यो सम्मानले आफुहरुलाई थप जिम्मेवार बनाएको र नेपाली भाषा र साहित्यका लागि थप योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

अध्यक्षता गर्नु हुने प्रसाईले भण्डारी र सिटौलाको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो । द्धाय साहित्यकाले डायस्पोरा साहित्यमा पुर्याउनु भयो योदानको शब्दमा व्याख्या गर्न नसकिने कुरा सम्मान समारोहमा बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्