Wednesday 13th of November 2019

राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने ः प्रजिअ ढकालल

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीमा राति ९ बजेपछि देउसी भैलो खेल्न र ताकेर पैसा माग्न निषेध गरेको छ।

नेपालीको दोस्रो ठूलो चाड तिहारलाई हर्षोल्लासका साथ मनाउन मर्यादित र अनुशासित तरिकाले देउसीभौलो खेल्न, मदिरा सेवन गरी होहल्ला नगर्न पनि प्रशासनले सूचनाजारी गरेको छ। चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत समयसीमा तोकिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालल बताए।

छिमेकी जिल्ला पर्वत र बागलुङ क्षेत्रबाट समेत चाडपर्वमा समन्वय गरी सिमा आसपासमा निगरानी बढाउने प्रजिअ ढकालको भनाई छ। रातको समयमा देउसी भैलोका नाउँमा उच्छृखल गतिविधि हुनसक्ने भएको चाडपर्व लक्षित अभियानमा साथ दिन प्रजिअ ढकालले अपिल गरेकाछन्।

देउसी भैलोमा तोकेरै पैसा असुल्ने गतिविधिलाई रोक्न आफ्नो इच्छा अनुसार दान दिन समेत अनुरोध गरे। मादक पदार्थको सेवनबाट झैझगडा, हुलहुज्जत तथा शान्तिसुरक्षामा खलल पुग्नसक्ने भएकाले देउसी भैलो खेल्ने समयावधि तोकिएकाले यसको विपरीत देउसी भैलो खेलिएको पाइएमा कारवाही गरिने प्रशासनले जनाएको छ।

यसैबीच देउसीसँगै जुवातास खेल्नेप्रति निगरानी बढाउनुका साथै अनुमति प्राप्त पसलबाट ९ बजेभन्दा अगाडी नै मदिरा विक्रीलाई समेत कडाई गरिएको जनाएको छ। तिहारमा मदिरा सेवन गरी होहल्ला गर्ने, जुवातास, कौडा खेल्ने खेलाउनेलाई कारवाही गरिने प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए। दशैतिहारलाई लक्षित गरी साधा पोशाक, मोवाइल गस्ती समेत गरिने उनको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्