Wednesday 13th of November 2019

उप निर्बाचनमा परिवार दलले नेकपालाइ सघाउने

काठमाडौं । नेपाल परिवार दलले आसन्न उप-निर्बाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई सघाउने निर्णय गरेको छ । दलका अध्यक्ष एकनाथ ढकालको नेकपाका शिर्षस्थ नेतृत्वहरु संगको परामर्श पश्चात दलका महामन्त्री बिनोद डाँगी नेतृत्वको केन्द्रिय पदाधिकारीहरुले नेकपाका संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ संगको छलफल पछि उक्त निर्णय सार्बजनिक गरियको हो ।

उपनेता सुवास चन्द्र नेम्वाङ संगको भेटमा परिवार दलका महामन्त्री संगै सचिब गोबिन्द मिश्र, पूव सभासद मिलन राजबंशी र गण्डकी प्रदेशका संयोजक प्रकाश बाबु थापा सहभागी थिए । बिगतको सहमति अनुसारनै नेकपालाइ सघाउने निर्णय भएको दलका प्रबक्ता सन्तोष पौडेलले बताए । गत संघीय संसद सदस्य तथा प्रदेश सभा दस्यको निर्बाचनमा पनि परिवार दलले तत्कालिन नेकपा एमाले संग तिन बुदे सहमति गरि चुनाबी सहकार्य गरेको थियो । तत्कालिन संबिधान सभामा २ सिट सभासद भएको नेपाल परिवार दलले देशभरी एक लाख साधारण सदस्य भयको जनायको छ ।

प्रतिक्रिया दिनुहोस्