Wednesday 13th of November 2019

फेरि बहुलाए डाक्टर गोविन्द

हेरेर हेरिनसक्नु, सहेर सही नसक्नु सम्मको लूट, बर्बादी बेथिति, बेइमानी देखेर नै गोविन्दलाई मर्नु लेखेको रहेछ भने मर्छन । हामी गोविन्द मारेको कलंकको कालो टीका निधारमा पोतेर रैती बनेर बाचौंला सँधै । गोविन्द सत्याग्रहमा मरे भने उनलाई मार्न हाम्रो निस्कृयता पनि कारक बन्ने छ तसर्थ उनलाई मारेको पाप हामीलाई पनि लाग्नेछ । जनताले पश्चातापमा जल्नुपर्नेछ ।

सत्याग्रह र गोविन्द के सी नेपालको लागि पर्याय जस्तै बन्दैन । गोविन्द के सी हिजो देखि १७ औ पटक अनशन बसीरहेका छन् । यो शृंखलाबद्ध अनशनमा एउटा दुखको कथा छ, दुखी असहाय गरिबका आफ्ना व्यथा छ । नेपाली जन जनको सुन्दर सपना माथिको तुषारापात छ । एउटा मान्छे कुन समर्पण त्याग र लगाव बोकेर यतिको जोखिम मोल्न तयार हुन्छ ? प्रश्न गम्भीर हुन्छ । धेरै तिरबाट उठेको आशंकाको जबाफ उनको अनशनको यो शृंखला आफै हो । आरोप, लान्छना र प्रहार खपेर आफ्नो जीवन दाउमा राख्ने मान्छेलाई हामी पागल भन्छौ आज फेरि सरकारलाई झट्का दिदै के सी डडेल्धुरा पुगेर आफ्नो पुर्व प्रतिवद्दता अनुरुप सरकारसँग भोकै युद्द गर्न तम्सिएका छन् । निर्जल, निराहार निष्ठापूर्वक उपासना गरेर के सी जनताको शिक्षा र स्वास्थ्यको लागि अर्को एक अनुष्ठान गर्दैछन जसको समापन कसरी हुन्छ कसैलाई थाह छैन । कहाँ पुगेर टुंगिन्छ कुनै अत्तोपत्तो छैन ।

आफ्नो स्वास्थ्य भन्दा देशका विपन्न गरिब, असहाय नेपालीको स्वास्थ्य र बिपन्न जेहन्दार आम सर्वसाधारण नेपाली जनताका छोराछोरीको स्वास्थ्य पढ्ने चाहना महत्वपूर्ण र ठूलो ठान्छन गोविन्द । आफ्नो कुनै बिशेष स्वार्थ र छुद्र आशय नभएकोले आफ्नो जीवन जन हितका खातिर दाउमा राख्दा आज सम्म कहिल्यै र अलिकति पनि हिनताबोध, खिन्नता र पश्चाताप भएको छैन बरु थोरै भए पनि परिवर्तन र जनताको पक्षमा काम भएकोमा सन्तुस्ट छन । सार्थकता खोजी गर्दा मरिएछ भने त्यो मृत्यु मेरो लागि प्यारो छ भन्ने मान्यता यिनका बोली र ब्यबहारमा देखिन्छ । जनताको हितलाई केन्द्रमा राख्दा आइ लाग्ने, समस्या आरोप, झन्झट र मृत्यु यिनले सहज सम्झेका छन् । आफ्नो जागिरको अवकास पछि पूर्णत आफ्नो जीवन जनतामा समर्पण गरेर बेथिति विरुद्द लडने यिनको उदघोस थियो ।

अब जागिरे जिन्दगी सकिए पछि जनतासँग नजिकिने समय थप भएको सम्झेका छन अवकास पछिको समयलाई । धेरैलाई अवकास पछि डाक्टर के सी राजनीतिमा जान्छन भन्ने लागेको थियो र कतिपय पार्टीहरु उनलाई आफ्नो आन्दोलनसंग जोड्न आफ्नो पार्टीमा भित्र्याउने मनशाय पनि राख्दथे । विशेस गरि विवेकशील नेपाली र साझा पार्टीले गोविन्द के सीलाई आफ्नो अभिभावकत्व लिइदिन अनुरोध पनि गरेका हुन् । गोविन्द के सिको मान्यता आफू कुनै पार्टीको भन्दा सबैको हुने, सबै पार्टी भित्रका असल विवेकशील कार्यकर्ता र जनताको साथ र सहयोबाट देसको शिक्षा र स्वास्थ्यमा आमुल परिवर्तनको चाहना राख्छन । पहुच नहुनेहरूको पनि पहुच हुनुपर्छ राज्यको शिक्षा र स्वास्थ्यमा बिधि र प्रणालीमा । आफ्नो बिगतमा पनि कहिँ र कतै, कुनै पनि पार्टीप्रति लगाव झुकाव र आग्रह पूर्वाग्रह थिएन आज पनि छैन र भोलि पनि राजनीतिमा प्रवेश आफ्नो अभिस्ट नभएको बताउछन् ।

आफ्नो अभियान कुनै पार्टी र व्यक्ति लक्षित नभएर विकृति, विसंगति र बेईमानिका विरुद्द लक्षित हो । जो ,जो बेइमान छन, झुठ छन असंगत छन तिनीहरु आफ्ना विरोधी हुन् । निष्ठा ,न्याय इमान र जमान पद्दति र विधिको पक्षमा हुनेहरु आफ्ना समर्थक र सुभेच्छुक हुन । जनताको लागि भएको आन्दोलनमा समर्थन र सद्भाव सबैलाई राख्न छूट छ । आफ्ना लागि नभएर सबै र धेरैका लागि सत्याग्रह भएकोले जनताको बलमा सफल हुनेमा डाक्टर केसीको विश्वास छ । आफ्ना लागि केही नमागेको हुनाले यो आन्दोलन सत्याग्रह जनताको आफ्नो समस्याको आन्दोलन हो, जनताको उर्जाले यसले सफलता प्राप्त गर्नेछ, हारे म हार्छु, मरे म, व्यक्ति एकजना मर्छु तर जिते, सत्यको जित जनताको जित हुनेछ, अहिंसाले जित्नेछ ।

त्यसैले म मर्नु परे पनि आपत्ती नमानी मर्न तयार भएर नै अनशनको आसनमा बसेको हु गोविन्द भन्छन । आज सम्म आफूले बोलेको कुरामा यिनको प्रतिवद्दता देखिएको हुनाले यिनी बिना छलछाम पवित्र भावना र स्वच्छ हृदयले देसको माया गरेर नै आफूलाई देश प्रति समर्पित गर्छन । यिनको सादगी जीवन शैली, निस्कपट बोली ब्यबहार र मानवीय संवेदनाप्रति सम्वेदित देखिने हुलियाले यिनलाई शंका गर्ने ठाउँ छैन । अठोट, कर्म र ब्यबहारले उदेश्यप्रति संकल्पित हुनेकारण नै जनता यिनलाई विश्वास गर्छन र साथ दिन्छन ।

सरकारलाई अल्टिमेटम दिएर आफ्ना मागहरु स्पस्ट सुनाएर नै गोविन्दले अनशनको घोषणा गरेका हुन् । अकस्मात, नियोजित र आवेसको निर्णय होइन । सरकारले आफैले गरेको प्रतिवद्दता भुलेकोमा स्मरण गराएरआफूसँग गरिएको सम्झौताको पूर्ण कार्यन्वयन के सिको माग हो । मेडिकल शिक्षामा भएको चरम बेथिति र नाफाखोर व्यापार आज राज्यको राज्य नहुनुको प्रमाण जस्तै बनेको छ । स्वास्थ्य र शिक्षामा व्यापार लुट्न सके लुटको निक्रिस्ट उदाहरण बन्दै गएको देखिन्छ । मेडिकल शिक्षामा चरम शोषण र बेइमानी छ जसको कारण चिकित्साशास्त्रका बिद्यार्थीहरु पढाइ छोडेर आन्दोलनमा छन, चरम ज्यादती, बेहद दमन सहेर आन्दोलन गरिरहेका छन् ।

सरकारको निरीहताले मेडिकल क्षेत्र आज युद्द मैदान जस्तो भएको छ । अरबौ रकम बिद्यार्थीबाट अनाध्रिकृत रुपमा लुटिएको छ, अभिभावकको ढाड सेकिएको छ । आफ्नो छुट्टै सामराज्य खडा गरेर राज्यको उपस्थितलाई हाँक दिएको स्थिति छ मेडिकल क्षेत्रमा संलग्न ब्यापारीहरुले । कतिपय मेडिकल कलेज र तिनको भूभाग राज्यको नियन्त्रण भन्दा बाहिर रहेको तथ्य आएको छ तर सरकार निकम्मा भएर माफियाको पक्ष पोषणमा व्यस्त छ । आफैले बनाएको शुल्क सीमालाई नाघेर मनपरी चर्को शुल्क असुल्दा पनि राज्य टुलु टुलु हेरेर बसेकोले नै राज्य संरक्षित अपराध भनेर गोविन्द बहुलाएका हुन् । सत्ता संचालकहरु प्रति तीव्र रोष व्यक्त गरेका हुन् । राज्यले आफ्नो धर्म निभाउन नसके पछि राज्यलाई कर्तव्यबोध गराउन, जिम्मेवारी स्वीकार गराउन, दायित्व तिम्रो हो भनेर सम्झाउन गोविन्दहरु बहुलाउनु परेको हो ।

इमान्दार भएर राज्य आफ्नो कर्तव्य पथमा हुन्थ्यो भने गोविन्द के सीहरु फगत पागल हुन्थे, सडकका क्षण भरका हांसी मजाकका पात्र र विचरा बन्थे । दया र उपेक्षाका पात्र बन्थे । तर राज्य गैरजिम्वेवार भएको मुलुकमा पागलहरु नै सत्य, न्याय र इमानका प्रतीक बनेर उभिदा रहेछन । न्यायको आवाज पागल भनिएका मान्छेको मन मस्तिस्कबाट निस्कदा दमदार बन्दोरहेछ । गोविन्द के सीले पाएको पागलको पगरी र सन्काहाको संज्ञा आज आन्दोलन र मानवतावादी अभियानको मानक भएको छ । चिकित्सा शिक्षा जस्तो अति संबेदनशील क्षेत्रमा भै रहेको अवान्छित गतिबिधि व्यापार र लुट जनताले राज्यलाई दिएको विश्वास माथिको घात र धोका हो ।

जनतालाई राज्यले दिने धोका, छल र ढाँटको अनवरत अध्याय चलेको कारण नै डाक्टर के सी १७ औ अनशनको शृंखलामा छन् । पहिलोपटक २०६९ असार २१ गते अनशनको श्रीगणेश गरेका के सी अहिले २०७६ कार्तिक १८ गते सम्म राज्यलाई आफ्नो प्रतिवद्दता सम्झाउन जिन्दगी हत्केलामा राखेर लडिरहेका छन् । बलियो र सर्व शक्तिमान राज्य लिखुरे के सीको हठ संग पटकपटक दर्जन पटक झुकेको छ । जनताको अजय सक्तिलाई सम्बोधन गरेको छ तर सम्झौताको मसि सुक्न नपाई आफ्नो इमान गुमाएर सरकारहरु डाक्टर के सी सँगको सम्झौता भुल्छन र माफिया, दलाल र ब्यापारी बिचौलियाको शरणमा पुग्छन । एक भोला भला मान्छेलाई सरकारले गरेको यो निन्दनीय हर्कत चित्त बुझ्दैन ।

आफू र जनतालाई दिएको धोकाले दुखी र आक्रोशित बनाउछ अनि अल्टिमेटम दिएर अनशनको साइत निकाल्छन । यो पटक सुदुर पश्चिमको डडेलधुरा पुगेर गोविन्द सरकारलाई जनताको आवाज सुनाउन अमरगढ़िको एक घरमा पल्टेका छन् । १६औ अनशनको क्रममा इलाम देखि काठमाण्डौ सम्म २७ दिन निर्जल निराहार उपवास बसेका के सीको आग्रह सरकारले सुनेंन अब सुन्ला न सुन्ला ? जनताको समर्थन जनताको उर्जा हाम्रा लागि के सीले कस्ट खपेका हुन्, हाम्रा लागि के सीले मर्न चाहेका हुन भन्ने भावना विकास भयो भने जनताको अजय शक्तिले सरकारलाई माग पुरा गर्न बाध्य पार्नेछ । अन्यथा के सी भोकै मारिनेछन, सरकार सिंहनाद गरेर एक सन्त चिकित्सकको मृत्युमा अट्टहास गर्नेछ, जनताको जनता हुने सपना तुहिने छ रैती बन्ने नयाँ मार्ग खुल्ने छ।

हेरेर हेरिनसक्नु, सहेर सही नसक्नु सम्मको लूट, बर्बादी बेथिति, बेइमानी देखेर नै गोविन्दलाई मर्नु लेखेको रहेछ भने मर्छन । हामी गोविन्द मारेको कलंकको कालो टीका निधारमा पोतेर रैती बनेर बाचौंला सँधै । गोविन्द सत्याग्रहमा मरे भने उनलाई मार्न हाम्रो निस्कृयता पनि कारक बन्ने छ तसर्थ उनलाई मारेको पाप हामीलाई पनि लाग्नेछ । जनताले पश्चातापमा जल्नुपर्नेछ ।

मान्छेको मुटु, कलेजो, फोक्सो मृगौला लगायत अरु भित्री अंग बिग्रेको मौका छोपेर कमाउन मौका छोपेर बसेका लोभी पापी र स्वार्थीहरुको चंगुलमा देस जानेछ । डाक्टरी पढाइ केवल प्रमाण पत्र बेच्ने कालो धन्दामा सिमित बन्नेछ । काला कर्तुतधारीहरुले नैतिकता इमान जमानको पसल थाप्नेछन । जहाँ स्वार्थको कारोबार चल्ने छ, मानवता र स्नेह एकादेसको कथा हुनेछ । घर खेत बेचेर ऋण धन गरेर पनि हामीले राम्रो स्वास्थ्य उपचारको अवसर पाउने छैनौ । डाक्टरी शिक्षा केवल प्रमाण पत्र बेचिने थलोको रुपमा परिणत हुनेछ । तसर्थ गोविन्द होसमै भएको बेला जागौ, गोविन्दको शरीरमा शक्ति रहेकै बेला बोलौ । बुढा अझै छन् बाचिहाल्छन विस्तारै बोलौला भनेर ढिला नगरौ । बारम्बार अनशन बसेको वृद्द शरीरले सधै एकै प्रकारले काम नगर्न पनि सक्छ ।

लेखक संजव  कार्की  सदृश्य बाट साभार

प्रतिक्रिया दिनुहोस्