Sunday 8th of December 2019

संवैधानिक निकायको नियुक्तिका विषयमा शीर्ष नेताबीच छलफल

काठमाडौँ । रिक्त रहेका संवैधानिक निकायका नियुक्तिकाे विषयमा प्रधानमन्त्रीसहित तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएकाे बालुवाटर स्रोतले बताएको छ ।

बुधबार दिउँसाेलाई बाेलाइएकाे स‌ंवैधानिक परिषद्को बैठक अघितीन शीर्ष नेताबीच करिब ४५ मिनेट छलफल भएको थियो ।

तर अन्तिम समयमा तयारी नपुगेको भन्दै परिषद् बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्