Sunday 8th of December 2019

पिपरामा नेकपाका नेता समाजवादी पार्टीबाट उम्मेदवार !

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा रिक्त रहेको अध्यक्ष पदका लागि १७ जनाले उम्मेद्वारी दिएका छन् ।

समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)ले संयुक्तरुपमा उम्मेदवारी दिने जनाए पनि दुबै दलबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।

राजपाबाट अध्यक्ष पदमा यसअघि निर्वाचित भएर निधन भएका विनोद चौधरीकी पत्नी रबिता चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् ।

तर, नेकपाकै अर्का नेताले उपेन्द्र–बाबुराम नेतृत्वको समाजवादी पार्टीमा प्रवेश गरेर उम्मेदवारी दर्ता गराएका छन् ।

समाजवादी पार्टीले रामजानकी यादवलाई उम्मेदवार बनाएको छ । रामजानकी यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार बनेका थिए । त्यसबेला उनले १५७८ मत ल्याएका थिए । चौधरी केही दिन अघिमात्रै सत्तारुढ नेकपा छाडेर समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

नेकपाले भने गत स्थानीय चुनावमा निकटतम प्रतिद्वन्दी रहेका तत्कालीन एमालेका विक्रम चौधरीलाई नै उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्