Sunday 8th of December 2019

न्यायाधीशको पसीना निकाल्ने, पीडितलाई नगद र खेत दिने !

रौतहट । राजपुर बम विस्फोट र घाइतेहरुलाई ईंटाभट्टामा जलाएको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका सांसद मो. अफ्ताब आलमले सरकारी साक्षी एवं मृतकका आफन्तलाई वयान फेर्न आर्थिक प्रलोभन देखाएको प्रमाण भेटिएको छ ।

बाह्र वर्षअघि बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर रामलाई आलमका मानिसहरुले अपहरण गरेर बन्धक बनाएको मंगलबार मात्र खुलेको थियो । गौरीशंकरलाई वयान फेरेर कागज गराएपछि आइतबार अदालतमा उपस्थित गराइएको थियो । यद्यपि उनले आफूलाई अपहरण गरिएको मंगलबार खुलासा गरे ।

प्रतिक्रिया दिनुहोस्