Sunday 8th of December 2019

रातकाे लागि १४ देखि ६० वर्ष सम्मका अाउछन् ( कथा )

पोखरामा ज्यान धन्दा दिन प्रतिदिन फस्टाएको छ । पछिल्लो समय ज्यान बेच्ने विरुद्ध प्रहरी खनिएको छ । यही ज्यानबेच्ने धन्दा गरेरै जिवन धान्दै आएकाहरुका लागि प्रहरीले थालेको अभियान अभिसाप बनेको छ । प्रहरीले जतिसुकै धरपकड गरेपनि यो व्यवसायले निरन्तरता भने पाईरहेकै छ । धेरै कम रहर अनि बढि बाध्यतामा फँसेर नै युवतीहरु आफ्नो शरिर सम्म बेच्न होटल अनि रेस्टुन्टसम्म आईपुग्छन् ।

हामीले यहाँ एउटी त्यस्तै पेशेवर युवतीको कथालाई पस्केका छौँ । शुभचिन्तक सौगात संघर्षको शब्दमा स् एक समय स्कुले साथीहरुसँग क्याफेमा चिया खाने बाहनामा भेट भएको थियो । लामो समयको ग्यापमा भेट भएका साथीहरुको बिचमा रमाईला कुरामा गफिने क्रम जारी थियो । पुरानो यादहरुलाई स्मरण गर्ने राम्रो अवसर क्याफेमा मिलेको थियो ।

कुराकानीकै बिचमा एक साथीले अर्कोको शसुरालीको बारेमा सोध्यो अनि अरु सबै अकमक्क परेका थिए कारण बिहेनै नभएको मान्छेलाई किन शसुरालिको खबर सोध्दै छ । केहि समयको मौनतालाई ताडेर फिस्स हासेर भन्यो –बाग्लुङ बसपार्क क्या अनि त्यहाँ हाँसोको फोहरा छुट्यो र पुरै क्याफे नै गुञ्जयमान भयो । गफ–गफमा नै उनिहरुले यौनकर्मीको बारेमा छलफल चलाएका थिए ।

छलफलपछि मेरो मनमा पनि उनिहरुको बिषयमा जान्ने इच्छाशक्ति पलायो र केहि समयदेखि त्यहि बिषयको खोजिमा मैले पनि समय खर्चिए ।

यो बिषयमा छलफल गर्नको लागी मैले थुप्रै मान्छेहरुसँग प्रयास गरे तर कोहि राजी नभएपछि अन्तमा शोभा (नाम परिवर्तन) छलफलका लागी राजि भईन् । एक बिहानै चिप्लेढुङ्गाको क्याफे एरोरामा उनको प्रतिक्षामा आफैलाई दागबत्ति दिएर बसिरहेको थिए । कालो भाईजर नउघारीएको रातो हेल्मेटको लगाएकी एक जना युवती मतिर आउदै थिईन् । उनि अरु कोहि नभएर फोनमा कुराकानी भएकी शोभा रहिछिन् नाम परिर्बतन। कुराकानिको सुरुवात भयो । साह्रै सरलजस्तो देखिने उनिसँग कहाँबाट छलफलको सुरुवात गरौँ म दोधारमा परेँ ।

उनको हुलिया हेर्दा लाग्यो उनि मैले भेट्न खोजेको शोभा होईनन्, फेरी एकपटक सोधे तपाई शोभा नै हो त रु उनि फेरी पनि आफु उहि शोभा भएको जानकारी गराईन तर मेरो मनमा अझै पनि आशंका थियो । उनि त्यहि शोभा हुन कि हैनन् रुथप एक कप चिया मगाए अनि एउटा चुरोट पनि ,शुरुमा नै पेशा कस्तो चल्दैछ रुभन्ने प्रश्नको तिर हाने मैले ,उनले के सोचिन खै सुरुमा पेशामा प्रबेश गरे म , चियाको एक चुस्की लगाएर कप टेवलमा राख्दै भनिन् – ‘जेनतेन गुजारा चलेको छ दाई’ थुप्रै जिज्ञासाहरुको पोको बोकेर गएको म आफै अन्यौलमा परे शोभासँग कुन बिषयमा केन्द्रित भएर छलफल गरु ?

मैले उनको व्यक्तिगत जिवनमा प्रबेश नगर्ने निर्णय गरेर पेशा र व्यावसायसँग केन्द्रित भएर छलफललाई अघि बढाउने सोच बनाए । केहि समयको मौनतालाई भंग गर्दै मैले दिनमा कति कमाई हुन्छ रुभन्ने प्रश्न गरे । ‘सधै एकैनास हुँदैन कहिले बढि कहिले कम हुन्छ दाई ,सरदर दिनको हजार कमाईहुन्छ ।’ उनले भनिन् । फेरी मैले थपे–‘ भनेपछि महिनामा तिस हजार कमाई हुन्छ रु’‘त्यस्तै भनौ दाई ’ फिस्स हाँसेर जबाफ दिईन् । ‘किन भनौ मात्र नि’ मेरो प्रश्न थियो । उनले अलि भाबुक हुदै भनिन् ‘ दाई जसरी जिबन सोचेजस्तो हुदैन त्यस्तै छ हाम्रो पेशा पनि बाहिरबाट जे देखिन्छ, भित्र अर्कै हुन्छ । कमाएको केहि प्रतिशतमात्र हामीले पाउछौँ । आधा त होटलका संचालकले नै राख्छन् ।

पोखरामा बसेको छु महङ्गी चर्को छ । खर्च त त्यसैपनि भैहाल्छ । ’ शोभा यो पेशामा लागेको तिन बर्ष भएछ उनले बिचको समयमा दुईवटा होटलमा काम गरेकी रहिछिन् । यो पेशामा लागेको तिनबर्ष हुदाँ पनि उनले पैसा कमाउन नसकेको गुनासो गर्दै थिईन् । यो पेशामा लागेपछि थुप्रैप्रकारका मान्छेहरुसँग भेट भएको अनुभब बताएकी थिईन् । पेशामा लागेको सुरुसुरुको केहिदिनमा काम गर्न अलि असहज भएको र पछिल्ला दिनहरुमा बानि पर्दै गएपछि केहि जस्तो नलाग्ने अनुभुती सुनाएकी थिईन् । यो तिनबर्षको बिचमा उनले फरक फरक प्रवृतीको ग्राहकहरुसँग जोवन साटेकि छिन् ।

६० बर्षको बुढाहरुदेखि १४ बर्षको ग्राहकसँग पनि उनले सम्वन्ध राखेको बताउछिन् । यो पेशामा लाग्दा उनले सबै प्रकारका अनुभुतीहरु संगालेको बताउछिन् । उनि भन्छिन् –‘ कोहि —कोहिले त पशुलाई जस्तो व्यावहार गर्छन् भने कोहिले राम्रै व्याबहार गर्ने गर्छन् ।’ उनले एकैदिनमा ३१ जनासँग गरेकाे अनुभुती सनाईन् । होटलमा साहुहरुसँग झगडा परेर होटल चेन्ज गर्ने बेला सबैभन्दा गाह्रो हुनेउनको अनुभब थियो । उनका अनुसार कमाएको पैसा पुरै तत्काल साहुले नदिने भएकाले कमाएको पैसा पुरै नबच्ने उनको भनाई थियो । केहि दिन नाइट स्टे रहने गरि बाहिर जान पाइयो भने कमाई राम्रो हुने उनको धारण थियो । उनका अनुसार होटलभन्दा बाहिर गएको बेलाको कमाइको प्रतिशत साहुलाई पनि बुझाउन पर्ने हुन्छ । उनका अनुसार याे पेशामा १३ बर्षदेखि लिएर पैतालिस बर्षसम्मको महिलाहरु संलग्न रहेका बताएकि थिईन् । उनि बिगत एक महिना देखि होटल छाडेर छुट्टै कोठा लिएर बसेका रहेछिन् । होटल छाड्ने बेलामा साहुसँग ठुलै झगडा परेको र होटले साहुले अझै केहि पैसा दिनसमेत रहेका बताईन् ।

होटल छाडेपछि उनलाई काम गर्न सजिलो भएको र कमाएको पनि बचत भएको बताईन् । उनले अबको केहि समयमा नै यो पेशा छाड्ने निर्णय गरेको समेत बताईन् । ‘केहि गरेर बस्ने आधारको निर्माण गर्छु र त्यसपछि आफै यो पेशालाई छाड्छु’ उनको भनाई थियो । सुरुसुरुमा रहरमा र पछि बाध्यतामा यो पेशामा लागेकी शोभाले जिवनका थुप्रै रङ्गहरु भोगेकी छिन् । उनि वन नाईट स्टेका लागी भनेर एकजना ग्राहकसँग चार हजार रुपैयाँदिने सहमतीमा गएकी थिईन तर त्यो ग्राहकले रातभरी भोगचलन गरेर खालि हात पठाएको घटना समेत बताईन् ।

होटलमा बस्ने अधिकांश केटी आफ्नो खुशी हिड्न नपाउने रहस्य खोलेकि थिईन् । उनले गहभरी आँशु पारेर भनिन् –‘दिनमा नै थुप्रै मान्छेहरुसँग सामेल हुने पिडा छ भने अर्कोतिर आफुले गरेको दुखको केहि प्रतिशतमा नै चित्त बुझाउनु पर्ने अवस्था रहेको छ ।’ अहिले धेरै केटी अबैधरुपमा खोलिएका धन्दा चलाउने हाेटल बाट मुक्त हुन चाहेका छन् तर मुक्त हुन नसकिरहेको उनि बताउछिन् । समाजमा रहेका मान्छेहरुले यस्काे बिरोध गरिरहेका छन् तर कुनै पनि बिकल्प प्रस्तुत गर्न नसक्दासम्म यो व्यावसाय नरोकिने उनको भनाई रहेको थियो ।

कुराकानी कै विचमा एउटा फोन आयो र केहिवेर कुराकानी गरेर फोन राखेसी उनले भनिन्–‘ दाई एउटा राम्रै पैसावाला मान्छेसँग केहिदिन घम्न जाउँ भनेको छ अहिलेलाई म गए पछि कुरा गरौँला है ।’ भनेर उनि बिदा भईन् । उनीसँगको भेटले मेरा मनमा थुप्रै प्रकारका कुराहरु खेल्न थाल्यो । उनि गएपछि थप एउटा चिया र चुरोट मगाए ।

प्रतिक्रिया दिनुहोस्