Sunday 8th of December 2019

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वीरगञ्ज । ट्याक्टरले ठक्कर दिदा बारामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनमा कलैया उपमहानगरपालिका-३ भवानिपुरका विनोद साहको मृत्यु भएको हो ।

वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको ना७त २६६ नम्बरको ट्याक्टरले मोतिसर कोइरियाटोला चोकमा साह चढेको ना३प ५१३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्