Sunday 29th of March 2020

कर्णाली नदीको गहिराइ नाप्ने टोली चढेको डुंगा दुर्घटना

काठमाडौं । अछामको ढकारी गाउँपालिकास्थित बेतान कर्णाली हाइड्रोपावरका लागि नदीको गहिराइ नाप्न गएको टोली दुर्घटनामा परेको छ । कर्णाली नदीको गहिराइ नाप्ने क्रममा डुंगा दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । तर, डुंगा र मोटरमा क्षति भएको अध्ययन गरिरहेको इनोभेटिभ इन्जिनियरिङ सर्भिस प्रा.लि.का म्यानेजिङ डाइरेक्टर अनुप खनालले जानकारी दिए ।

‘साथीहरु सबै सम्पर्कमा आइसक्नु भएको छ,’ खनालले भने ‘मोटरमा भने करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।’

नदी ठाडो र पानीको बेग तीव्र भएकाले दुर्घटना भएको उनको भनाइ छ । ‘नेपालका यस्ता नदी र खोलामा काम गर्न अत्यन्तै जोखिम हुन्छ,’ खनालले भने, ‘आयोजनाका सम्पूर्ण पक्षले सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यस्ता कार्यहरु अगाडि बढाउनुपर्छ ।’

डुंगा दुर्घटना भएपछि बेतान कर्णाली हाइड्रोपावर आयोजनाका लागि पानीको गहिराइ नाप्ने काम अहिले स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्