Sunday 15th of December 2019

प्रधानमन्त्रीको गृह जिल्लामा नै १ हजार ७ सय हेक्टर नेपाली भूमि भारतको अतिक्रमणमा

काठमाडौं । भारतले नेपालको सिमा अतिक्रमण गर्दै आएकोे कुरा कुनै नौलो भने होइन । यतीबेला कालापानीको बारेमा चर्चा चलिरहेको छ । मुख्य गरेर कालापानीको विषय समय समयमा चर्चामा आउने गर्दछ । पश्चिममा कालापानीको विषयले देश तताई रहेको बेला पूर्वमा झापा अर्थात वर्तमान प्रधानमन्त्री केपी ओलीको जिल्ला झापामा नै ठुलो क्षेत्रफलमा सीमा अतिक्रमण भएको पाइएको छ ।

भारतसँग सीमा जोडिएको झापाको १ सय १८ किलोमिटर सीमा क्षेत्रमा १ हजार ७ सय हेक्टर नेपाली भू–भाग भारतले अतिक्रमण गरेको हो । भारतले पूर्वको सीमाना झापाको मेची नदीको विभिन्न ८ तटीय क्षेत्र, मेचीपारिको गाउँ, कचनकवलको पाठामारी, साबिक महेशपुर, लगायत ठाउँहरुमा नेपाली भू-भाग मिचिएको स्थानीय तथा सीमाविद्हरुले बताएका छन् । भारतले अहिले ती विवादित सीमा क्षेत्र आफ्नो ‘गुगल म्याप’ मा समेत समावेश गरिसकेको देखिन्छ ।

पूर्वको सीमाना मेचीनदीको बहाब परिवर्तन र बाढीका कारण सीमास्तम्भ बगाउदा भारतले २०४३ सालतिर सीमा मिच्न सुरु गरेको पाइएको छ । देशको वर्तमान प्रधानमन्त्रीकै गृह जिल्लामा भारतले यस्तो दादागीरी देखाउदा स्थानीय प्रशासन र सरकारले खासै चासो नदेखाउदा शब्दमा व्यतm गर्न नसक्ने गुनासो लिएर बसेको स्थानिय बताउछन् ।

प्रतिक्रिया दिनुहोस्