Sunday 8th of December 2019

लगेज मिलाउन घर जाने भन्दै क्लबमा गएर दुर्घटनानै हुनेगरि फिटान भएका थिए खेलाडी

काठमाडौं । भुटानमा हुन गहिरहेकाे विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न नेपालको राष्ट्रिय टोली शनिबार दिउँसो ३ बजे भुटान उड्ने तयारी थियाे । त्यसका लागि शुक्रबार बेलुका सबै खेलाडी लगेज मिलाउन भन्दै कुपण्डोलस्थित होटलबाट निस्किएका थिए ।

‘घर जान भनेर निस्किएका खेलाडीमध्ये चार जना क्लबमा पुगेछन्, एकैपटक बिहान एन्फामा आए । उनीहरुमाथि शंका लागेर प्रशिक्षकले सोधपुछ गर्दा रक्सी खाएर आएको स्वीकारे’ अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राई भन्छन्, ‘त्यो सुन्नासाथ हामीले प्रशिक्षकसँग आकस्मिक बैठक बसेर तत्काल निलम्बनको निर्णय लिएका हौं ।’

स्ट्राइकर विमल घर्ती मगर, मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी भुटान प्रस्थान गर्ने अघिल्लो रात जिम्मेवार भुलेर एलओडी क्लबमा पुगेका थिए । चार खेलाडी दुईवटा मोटरसाइकलमा गएका उनीहरूले मदिरा सेवन गरेका र फर्कने क्रममा मोटरसाइल दुर्घटनामा समेत परेको कारण राजवंशीको आँखामाथि चाेट लागेकाे छ ।

उनीहरु चारै जनाले गल्ती स्वीकारेका छन् । कुवेतविरुद्ध खेल्ने नेपाली टोलीबाट निकाल्ने एन्फाको निर्णय आकस्मिक र तत्कालिक हो । चार खेलाडीविरुद्ध थप कारवाही हुनसक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्