Monday 20th of January 2020

आलिया एसियाकी सबैभन्दा कामुक महिला

बलिउड अभिनेत्री आलिया भट्ट वर्ष सन् २०१९ को सबैभन्दा कामुक एसियाली महिलाका रुपमा चुनिएकी छन् । बेलायती साप्ताहिकले इस्टर्न आईगरेको सर्वेक्षणको तथ्यांकले बलिउड अभिनेत्री आलिया भट्टलाई एसियाकी सबैभन्दा कामुक महिला घोषणा गरेको हो।

यो सर्वेक्षणसँगै सन् २०१९ २६ वर्षीया आलियाका लागि सुखद वर्ष भएको टिप्पणी गर्न थालिएको छ। किनभने यही वर्ष आलिया भट्टले अभिनय गरेको बलिउड फिल्म ‘गल्ली बोय’ २०२० को अस्करका लागि पठाइएको छ।

यही सर्वेक्षणको अघिल्लो वर्षको सबैभन्दा कामुकएसियाली महिलाको ताज अभिनेत्री दीपिका पादुकोणले पाएकी थिइन्। यसपाली भने दीपिका पादुकोण दशककै कामुकएसियाली महिलाको ताज पाउन सफल भएकी छन्। सूचीका हिसाबमा उनी दोस्रो नम्बरमा छिन्।

इस्टर्न आईकाका अनुसार कामुकएसियाली महिलाचयनका लागि अनलाइन मतदानका साथै मिडिया कभरेज, सामाजिक सञ्जालका प्लेटफर्म र उनीहरुको प्रभावलाई मध्यनजर गरिएको थियो। लण्डनमा भएको अनलाइन मतदान बुधबार सम्पन्न भएको थियो।

कामुक एसियाली महिलाकोसूचीमाबलिउड अभिनेत्री र रियालीटी स्टारकै वर्चश्व छ।
टप १०कामुक एसियाली महिलाकाे सूची यस प्रकार छ :
१. आलिया भट्ट
२.दीपिका पादुकोण
३. हिना खान
४. माहिरा खान
५. सुर्वी चावला
६. कट्रिना फेफ
७. सिभांगी जोशी
८. निया शर्मा
९. मेविश हायत
१०. प्रियंका चोपडा

प्रतिक्रिया दिनुहोस्