Monday 20th of January 2020

२० करोड घुसको आरोप सुनेर आश्चर्यमा परेँ, ‘यो विकृत मनस्थिति भएका व्यक्तिले लगाएको आरोप

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बी एण्ड सी मेडिकल कलेजका सञ्चालकसँग घुस मागेको आरोप खण्डन गरेका छन् ।

बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन गरी केलजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए ।

तर गिरीले त्यसलाई खण्डन मात्र गरेनन्, मानहानी गरेकाले कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् । बुधबार नै पत्रकार सम्मेलन गरेर गिरीले भने, ‘आरोप सुनेर आश्चर्य लाग्यो । यो कपोलकल्पित हो र मलाई खेद छ ।’

उनले अघि भने, ‘यो विकृत मनस्थिति भएका व्यक्तिले लगाएको आरोप हो । यसमा सत्यता छैन ।’

आफू १५ मंसिरमा द्धारिका होटल नै नगाएको र प्रसाईंसँग भेट नभएको उनले बताए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले भने, ‘यो आरोप पुष्टि गर्न चेतावनी दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्