Sunday 29th of March 2020

देशैभरको मौसममा बदली, फेरि पानी पर्ने

काठमाडौं । आज बिहिबारदेखि फेरि देशभरको मौसममा बदली आएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसममा बदलाब आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुईदिन अघि पश्चिमी भू–भागबाट नेपाल प्रवेश गरेको प्रणालीको असर पश्चिमी भू–भागमा देखिसकेको छ भने मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असर दुईदिनसम्म् देशैभर पर्नेछ ।

आज काठमाडौंसहित देशका विभिन्न भू–भागमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । पर्सिदेखि भने मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्