Sunday 23rd of February 2020

ओली र प्रचण्डकाे कुरा मिलेपछि अग्नि सापकोटा सभामुख बन्ने लगभग पक्का

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने लगभग सहमति जुटेको छ ।

सभामुख चयनका लागि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो ।

यसअघि कसलाई सभामुख बनाउने भन्नेमा विवाद थियो । प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने प्रचण्डले पूर्वमाओवादीबाट हुनुपर्ने अडान लिएका कारण सहमती जुट्न सकेकाे थिएन ।

प्रतिक्रिया दिनुहोस्