Sunday 23rd of February 2020

प्रहरीकाे फरार सूचीमा गायिका आस्था, अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गर्न अनुमति

काठमाडौं । अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्न अनुमति पाएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो ।

यो सँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् ।

बधुबार काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् तर आस्थामाथि दुर्व्यवहार नभइ, उनले चाहिँ महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको प्रहरीकाे दाबी छ ।

प्रतिक्रिया दिनुहोस्