Tuesday 18th of February 2020

अख्तियारका सचिवलाई १५ दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरूपयाेग अनुसन्धान आयोगका सचिवलाई १५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ । नेपाल आयल निगमका तत्कालिन महाप्रबन्धक युवराज शर्मा जोडिएको भ्रष्टाचार मुद्दाको एउटा फाइल नभेटिएको सन्दर्भमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

न्यायाधिशहरु मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र शुष्मालता माथेमाको इजलासले यस्तो आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्