Tuesday 18th of February 2020

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा: ‘हाई प्रोफाइल’को बिगो कति ?

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ विरुद्ध मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले बिचौलीयादेखि पूर्वमन्त्रीसहित १७५ विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेको छ । उनीमाथि भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम सजाय हुनेछ ।

त्यसैगरी पूर्वमन्त्री चन्द्रदेव जोशीविरुद्ध ७ करोड, ८ लाख ४८ हजार, डम्बर श्रेष्ठमाथि ९ करोड, ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी अख्तियारले गरेको छ । पूर्वसचिव छविराज पन्तविरुद्ध ९ करोड, ६५ लाख, ७६ हजार बिगो दाबी गरेको छ भने अख्तियारकै पूर्वआयुक्त दीप बस्न्यातविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरिएको छ ।

लेखक तथा पूर्वसचिव दिनेश अधिकारीमाथि ७ करोड, आठ लाख ४८ हजार बिगो दाबी गरिएको छ । बिचौलिया शोभाकान्त ढकालविरुद्ध ३९ करोड, २७ लाख ६८ हजार र अर्का बिचौलिया रामकुमार सुवेदी ५२ करोड, ५१ लाख ४० हजार बिगो दाबी अख्तियारले गरेको छ ।

‘हाई प्रोफाइल’को बिगो कति ?
विजय गच्छदार : ९ करोड ६५ लाख ७६ हजार
चन्द्रदेव जोशी (पूर्वमन्त्री) : ७ करोड, ८ लाख ४८ हजार
डम्बर श्रेष्ठ (पूर्वमन्त्री) : ९ करोड, ६५ लाख ७६ हजार
छविराज पन्त (पूर्वसचिव) : ९ करोड, ६५ लाख, ७६ हजार
दीप बस्न्यात : (पूर्व अख्तियार प्रमुख) : ९ करोड ६५ लाख ७६ हजार
दिनेश अधिकारी (पूर्वसचिव) ७ करोड, आठ लाख ४८ हजार
शोभाकान्त ढकाल (बिचौलिया) : ३९ करोड, २७ लाख ६८ हजार
र रामकुमार सुवेदी (बिचौलिया) ५२ करोड, ५१ लाख ४० हजार

प्रतिक्रिया दिनुहोस्