Tuesday 18th of February 2020

विमानस्थलको कफी सपमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक पसलमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगलागी भएको पुष्टि गरे ।‘अहिले नगर प्रहरीको दमकल पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेको छ’, उनले भने ।प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्