Tuesday 18th of February 2020

“युनियनको निर्वाचनमा आफु पत्तासाफ हुने डरले यस्ता घृणित क्रियाकलाप हुनु निन्दनीय”

काठमाडौं । के.यू.के.एल.एकिकृति स्वतन्त्र कर्मचारी यूनियनका अध्यक्ष गोपाल सिंह धामीमाथि भएको प्रहरी प्रशासनको अनावश्यक हैरानीको निन्दा गर्दै खेद प्रकट गरेको छ ।

एउटा नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनीमा स्थायी कार्मचारी र नेपाल सरकारको स्वीकृत प्राप्त यूनियको अध्यक्ष जस्तो जिम्मेवारीमा रहेको व्यक्तिमाथि कुनै स्वार्थ समुहको आग्रह र उजुरीको भरमा अनावश्यक प्रताडना दिने र व्यक्तिको स्वतन्त्रतामाथि अनेक लान्छाना लगाउने खेल बन्द गर्न सरोकारहरुसँग युनियनले भाग गरेको छ ।

युनियनका महासचिव प्रेमराज त्रिपाठीद्धारा जारि प्रेस विज्ञप्तीमा भनिएको छ कम्पनीको संरचनागत, नीतिगत, व्यवसाथापकीय तथा प्रशासनिक सूधार र कर्मचारीहरुको वृति विकास, सेवा सुरक्षा, स्थायित्व एंव सेवा सूविधाको सुनिश्चितताको निम्ति निरन्तर क्रियाशिल रहेकोव्यहोरा अवगत नै छ ।

साथै त्रिपाठीद्धारा जारि गरिएको विज्ञप्तीमा अझ जोडसँग भनिएको छ कर्मचारीहरुको यस यूनियनका अध्यक्ष तथा पदाधिकारीको कामले गर्दा सारा केयुकेएलका कर्मचारीहरुमा विश्वास र भाइचाराको सम्बन्ध स्थापित हुदै गएको र अन्य युनियनहरुको असतित्व नै संकटमा पर्न लागेपछि आतिएका दुसित आत्माहरुलाई समयमै चिन्नु पर्ने समय पनि आएको छ । यस युनियनको पहलमा केयुकेएल व्यवस्थापन र श्रम कार्यालय समेतको सहयोगमा आधिकारिक टे्रड युनियनको निर्वाचनमा आफु पत्तासाफ हुने डरले यस्ता घृणित क्रियाकलाप हुनु निन्तनीय भएको समेत विज्ञप्तीका उल्लेख गरिएको छ ।

साथै के.यू.के.एल.एकिकृति स्वतन्त्र कर्मचारी यूनियनका अध्यक्ष गोपाल सिंह धामीले आफु २०७४ साल देखि कुनै पनि राजनितिक पाटीको साधारण सदस्य समेत नरहेको र आफु पेशागत रहेको बताएका छन । आफ्नो वाच्न पाउने सामान्य नागरिकको हक र अधिकारको सुरक्षा गरिदिन समेत धामीले सरकारसँग जोडद्धार माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्