Thursday 2nd of April 2020

वाइडवडी जहाजले आजदेखि नियमित उडान भर्दै

काठमाडौँ । चीनको वुहानबाट १७५ नेपाली उद्धार गरेपछि क्वारेन्टाइनमा राखिएको नेपाल एयर लाइन्सको जहाजले आज मंगलबारदेखि नियमित उडान भर्ने भएको छ ।

आइतबारदेखि नेपाल एयरलाइन्सको ३३० वाइडवडी जहाज क्वारेन्टाइनमा राखिएको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, आज मंगलबार दिउँसोसम्म क्वारेन्टाइनमा राखिने र रातिबाट नियमित उडान भर्ने तालिका तय भएको छ ।

जहाजले आज राति ९:५० बजे दोहा उडान गर्ने भएको हो । कोरोनाभाइरसको प्रकोप रहेको वुहानबाट शनिबार राति उक्त जहाज उद्धार गर्न प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्