Thursday 2nd of April 2020

परिवार दलका अध्यक्ष ढकालद्वारा नेकपा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल “प्रचण्ड” को ध्यानाकर्षण गराउनु भयको छ ।

नेकपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्ड लाइ भेटि ढकालले समसामायिक राजनैतिक बिषयमा छलफल गर्नुको साथै तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भयको ३ बुदे सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण गर्नु भयको उहाँको निजि सचिब जितेन्द्र श्रेष्ठले बताय। केहि समय अघि परिवार दलले सोहि बिषयमा नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गरायको थियो ।

गत निर्बाचनको बेलामा परिवार दलले तिन बुदे सहमति गरि वाम गठबन्धनलाइ सघायको थियो । सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख थियो । अध्यक्ष प्रचण्डले दुइ पार्टीको बिगत देखिको सहकार्यको स्मरण गर्दै आफ्नो ध्यानाकर्षण भयको र सहमतिलाई सकारात्मक रुपमा पार्टीमा छलफल गर्ने बताउनु भयको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताय। भेटमा नेकपाका बरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री माधब कुमार नेपाल र महासचिब बिष्णु पौडेल सहभागी हुनुहुन्थ्यो भने परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रबक्ता सन्तोष पौडेल तथा गण्डकी प्रदेश संयोजक प्रकाश बाबु थापा सहभागी थिय ।

प्रतिक्रिया दिनुहोस्