Thursday 2nd of April 2020

जैविक शस्त्रको रुपमा करोना नामक भाईरसको परिक्षण जनतामा किन ?

चीनको यो नयाँ चाल हो या त सीधा कुटिलता । यदि यो चीनको कुनै चालहो भने बुझ्न नसकिने जटिल चाल हो भन्न सकिन्छ । विश्वलाई थाहा छ संसारभर फैलिएको कोरोना भाईरसको संक्रमण चीनबाट उत्पन्न भएको हो । तर कोरोनाको प्रकोप शुरु भए पश्चात चीन तीन महिनासम्म मौन बसेको थियो तर अहिले आएर अमेरिकालाई यसको प्रत्यक्ष दोष दिइरहेको छ ।

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै वुहानमा कोरोना फैलाउने षडयन्त्रमा अमेरिकी सेनाको हात हुन सक्छ भन्ने शंका जाहेर गरेको छ । विश्वलाई कोरोना भाइरस संक्रमणको उपहार दिने चीनले यस अघि पनि यस्तै प्रकारको कुरा चलाएको थियो । अहिले आएर फेरि पनि चीनले भाइरस चीनबाट नभई अमेरिकाबाट फैलिएको चिनियाँ विदेश मन्त्रालयले दावी गरिरहेको छ ।

जे होस ज्यानलेवा करोना भाईरसको शुरुवात चीनबाट हो या अमेरिकाबाट यो विषय त भविष्यमा प्रष्ट होलानै तर चीन या अमेरिका वा कुैन एक देशले जैविक शस्त्रको रुपमा करोना नामक भाईरसको परिक्षण जनतामा गरेको हुनसक्छ भन्ने कुरा जनमानसमा चलिरहेको अवस्था पनि छ । आजको यो एककाइसौं शताब्दीको विद्युतिय युगमा असम्भव भन्ने विषय न को बराबर रहेको अवस्थामा सम्भावित जैविक शस्त्रको प्ररिक्षण गरिएको हुन सक्ने शंका उपशंका गर्ने स्थान पनि प्रसस्त देखिन जान्छ जस्तो लाग्छ ।

आज विश्व करोना भाईसरको महामारीको चपेटामा छटपटाई रहेको अवस्था छ । चीन पछि ईटालि सबैभन्दा बढी भाईरसबाट पीडित देश छ । इटालीमा एकैदिनमा संक्रमीत भएर २०० सय मानिसको मृत्यृ भएको छ भने लगभग १२ हजार मानिसहरु संक्रमीत पाईएका छन् । अहिले सम्म करोना भाईरसको संक्रमणले मृत्यृ हुनेको संख्या इटालीमा ८०० पुगिसकेको छ । इटलीको उत्तरी क्षेत्र लकडाउन छ भने दक्षिण क्षेत्र एकदम सुनसान भएको छ । मेडिकल स्टोअर्स र होस्पिटलबाहे अफिस स्कुल लगायत सबै बन्द गरिएका छन् । इटालीको सबै भन्दा सुन्दर मानिने मीलान शहर भाईरसका कारण सुनसान भएको छ ।

करोना भाईरसको संक्रमणमा क्यानेडाका प्रधानमन्त्री जस्टिन टुडोकी श्रीमति सोफि, ब्रीटेनकी स्वास्थ्य मन्त्री नडिन डारिस, चेल्सी फुटबल क्लब फुटबलर क्यालम हडसन–ओडोइ क्यालमका साथै आर्सेनल फुटबल क्लबका मुख्य कोचल त्यस्तै विभिन्न देशका राजनीतिज्ञ र कलाकार लगायत कोरोना भाइरस संक्रमणबाट जुझिरहेका छन् । कोरोना भाईरसले आधा विश्वलाई आफ्नो पकडमा पारिसकेका छ । घातक कोरोना भाइरस जताततै बढिरहेको देखिन्छ । १०० भन्दा बढी देशहरूमा करोना भाईरसको शिकार भइरहेका छन् भने लगभग ४८०० भन्दा पनि बढी मानिसहरूले ज्यान गुमाइ सकेका छन् । विश्वभर १ लाख ३० हजार भन्दा बढी मानिस कोरोनाबाट संक्रमित छन् । पडोसी राष्ट्र भारतमा पनि कोरोना संक्रमणको सख्या अब ७५ नाघेको छ जब की कर्नाटक राज्यमा एक जना ७५ वर्षीय वृद्धको मृत्यृ भएको पुष्टि भारत सरकारले गरेको छ । विश्व स्वास्थ्य संगठन समेलले करोनालाई महामारीको सज्ञा दिएको छ । यस्तो अवस्थामा नेपालका लागि करोना घातक सिद्ध हुन सक्छ यदि समयमा हामी सचेत भएनौ भने ।
एकातिर चीन जहाबाट करोना भाईरसको शुरुवात भएर महमारीको रुपमा विश्भरी फैलिदै छ भने अर्कोतिर भारत छ । भारत नेपालको खुला सिमाना छ भने चीनका नागरिकका लागि पनि नेपाल प्रवेश गर्नमा उत्तिकै सरल छ । चीनले करोना भाईरस नियन्त्रणमा रहेको वा नियन्त्रण भएको र त्यसको इलाजका लागि भ्याक्सिन तयार पारिसकेको जतिनै दावी पुष्टि गरे पनि अहिलेसम्म यस ज्यानलेवा भाईरसको जरो पत्ता लगाएर निर्मुल पार्ने औषधि पत्ता लगाउन सकिएको छैन् । चीन, जापान, ब्रिटेन, खाडिका मुलुकहरु, अमेरिका र इटाली जस्ता विकसित देशहरु समेतले करोना भाईरसलाई रोकथाम गर्न नसकिरहेको अवस्थामा नेपाल जस्तो अविकसित देशमा करोना भाईरसको प्रवेश भयो भने देश र जनताको स्थिति भनौ या अवस्था कस्तो होला हामी आफै सहजै अनुमान लगाउन सक्छौ ।

करोना भाईरसबाट विश्व त्रसित भईरहेको अवस्थामा सरकारले केही गर्दैन यदि कुनै मानिस भाईरसबाट संक्रमीत छ भने आफै त्यसको इलाज औषधिउपचर गर्नु पर्छ भन्दै सार्वजनिक रुपमै बयानबाजि गर्ने नेपाल सरकारका जिम्मेवार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको मनतव्य सा¥है दुखद र खेद जनक रहेको देखिन्छ । सूदुर पश्चिमतिर एक नेपालीमा उखान छ कसा कसा काँ गया मुसा चल्ला दरबार गया भने जस्तै केपी शर्मा ओली नेतृत्व बहुमतको सरकारका मन्त्री पनि केपी शार्म ओली नामक दरबारमा गएर ट्यार ट्यार गर्नुलाई आश्र्चाय भने कसैले नमानेको पक्कै हुनुपर्छ । देशको अर्थ व्यवस्थामा ठूलो स्थान ओगटेको नेपाली जनताको रगत पसिना बगाएर नेपालमा पठाएको रेमीट्यान्स हो यो कुराको हेक्का केपी शर्मा ओलीका मन्त्री मण्डलमा भरिएकाहरुले राख्नु पर्छ जस्तो लाग्छ । अन्तः करोना भाईरसले नेपाल प्रवेश ग¥यो भने भाईरस होईन नेपालमा नेपालीका लागि काल प्रवेश ग¥यो भनी ठान्दा हुन्छ । पर्दा र मर्दा नेपाल र नेपालीका लागि श्री पशुपतिनाथको सहारा नै रहेछ भन्ने कुरा नेपालका जिम्मेवार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको बयानबाजिले पुष्टि गर्छ ।