वरिष्ठ पत्रकार राजन कार्की र शेखर ढुंगेलद्वारा लिखित दुई कृति सार्वजनिक

नेपाली जनता

काठमाडौँ । वरिष्ठ पत्रकार राजन कार्की र शेखर ढुंगेलद्वारा लिखित २ पुस्तक शुक्रबार सार्वजनिक भएका छन् । कार्कीले समसामयिक राजनीतिमा तीखो व्यंग्यसहित ‘राजा, नव–बास्सा’ पुस्तक लेखेका हुन् ।

त्यस्तै, लेखक ढुंगेलको ‘भैरव दाइको सय रुपैयाँ र म’ शीर्षकको संस्मरणात्मक कृति लोकार्पण भएका हुन‍् ।

वरिष्ठ पत्रकार भैरव रिसाल, तीर्थ कोइराला, राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता मोहना अन्सारी, योग गुरु ब्रम्मार्षि मित्र, साहित्यकार नरेन्द्र प्रसाईंसहितले संयुक्त रुपमा विमोचन गरे । ‘शासन सत्ताको काम गराई, विकास र समृद्धिमा भएको ढिलाईप्रति व्यंग्यसहित असहमतिको दस्तावेज हो’, कार्कीले लेखेको पुस्तकप्रति टिप्पणी गर्दै कोइरालाले भने ।

यो पनि पढ्नुहोस  आजको राशिफल
८,मंसिर.२०७५,शनिबार १६:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: