गगन थापाले आईजीपी खनाललाई बर्खास्त गर्न आन्दोलन गर्ने

नेपाली जनता

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सर्वेन्द्र खनाललाई आईजीपीबाट हठात् हटाउनका लागि अभियान नै छेड्नुपर्ने बताएका छन् । आईजीपी खनाल मानव अधिकारको चरम विरोधी भएको उनको तर्क रहेको छ ।

‘घैटेले प्रचलित कानूनको सामान्य उल्लंघन ग¥यो पनि होला, उसलाई मुठभेडको नाममा मार्ने व्यक्ति यही आईजीपी हो, त्यसैले यसलाई म कहिलै समर्थन गर्न सक्तिन’ थापाको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले बतायो ।

‘निर्मला पन्त प्रकरणलाई कांग्रेसले उछाल्नु पर्ने तीन आयाम रहेको छ’ भन्दै थापाले प्रष्ट्याएको भन्दै स्रोतले भन्यो– ‘पहिलो, नेकपाको सरकारप्रति जनतामा अविश्वास र घृणा पैदा गराउने, सरकारलाई बलियो हुन नदिने, दोस्रो, अन्तर्राष्ट्रिय संघ/संस्था, जनमतलाई वामपन्थी सरकार महिलाको सुरक्षामा असफल छ भन्ने सावित गर्न, तेस्रो, कम्तीमा अनुसन्धानमा प्रहरीको असफलता सावित गरेर सर्वेन्द्र जस्ता मानव अधिकार विरोधी उच्च प्रहरी अधिकृतलाई बर्खास्त गरी प्रहरी अधिकारीहरुको मनोबल खस्काउने ।

प्रहरी आईजीपीलाई तत्काल बर्खास्त नगरे यो आन्दोलन गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा समेत माग्ने आधार बन्ने आँकलन सांसद थापाको रहेको स्रोत बताउछ ।

निर्मला पन्तको न्यायको लागि चलेको आन्दोलनमा नेपाली कांग्रेसले देशैभरि व्यवस्थित ढंगले लागेर पार्टीको विग्रेको शाख पुनस्र्थापित गर्नुपर्ने गगन थापाको भनाइ रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस  यसरी सुरक्षा नीति संशोधन मस्यौदामा सेना हाबी
१६,मंसिर.२०७५,आईतवार ११:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: