निर्मला हत्या प्रकरण: बस्न्यात टोलीले बुझाएकाे प्रतिवेदनमा के छ ?

नेपाली जनता

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।

प्रकरणको छानबिनमा विभिन्न टोली खटिइरहँदा फरकफरक तथ्य बाहिर आउन थालेपछि स्थिति झन् बिग्रन सक्ने आँकलन गर्दै समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको थियो ।

तर, प्रतिवेदन नबुझाएको भन्दै आलोचना हुन थालेपछि ५ सय ३२ पृष्ठको प्रतिवेदन बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्रोतको अनुसार अुनसन्धानमा संलग्न प्रहरी अधिकारीकै कमजोरीका कारण धेरै आलोचित हुनु परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समितिकै सुझावका आधारमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्तीमा परेका थिए । त्यस्तै, अन्य अनुसन्धान अधिकारी पनि निलम्बित छन् । समितिका अधिकारीहरुले प्रारम्भिक अनुसन्धान प्रतिवेदनको अध्ययनदेखि स्थानीयसँग प्रहरीको भूमिकाबारे सोधपुछ लगायतका काम पनि गरेको थियो ।

भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त सोही नगरपालि–१८ स्थित उखुबारीमा गत साउन ११ गते मृतावस्थामा फेला परेकी थिइन् । सो घटना सम्बन्धमा अनुसन्धान र सोमा खटिएका प्रहरी अधिकृत तथा जवानको भूमिकाको विषयमा छानबिन गरी रायसुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न गत भदौ ३१ गते उक्त समिति गठन गरिएको थियो ।

यो पनि पढ्नुहोस  म्यानपावरवाली ओमनकि राजदुत शर्मिला पराजुलीको डेराभाडा झण्डै दुई करोड, जापानकि राजदुतको पलङ १५ लाख
३,पुष.२०७५,मंगलवार ०९:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: