यी हुन् विश्वकै महँगो मोबाइल बोक्ने महिला

नेपाली जनता

मुम्बई । विश्वकै शक्तिशालीको ३८ औं स्थानमा रहेका भारतका मुकेश अम्बानी फोब्रर्स एसियाका अनुसार विश्वका अर्बपतिको सूचीमा उनी २२ औं स्थानमा छन् ।

धनी अम्बानीको घर, गाडी, रहनसहन देखि लिएर उनको घरमा काम गर्ने कर्मचारीको तवल सुुविधाको समेत निकै चर्चा हुने गर्छ ।

उनी र उनका परिवार अनि उनीहरुको जीवनशैलीको विषयमा धेरैको चासो पनि रहन्छ ।

मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी धेरै खर्च गर्ने महिलामा पर्छिन् । उनी दैनिक ३ भन्दा बढी मूल्यको चिया पिउने गर्छिन् । भने उनले प्रयोग गर्ने हरेक सामानको मूल्य निकै महङ्गो हुने भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

सबैभन्दा सस्तो फोन भएको दावी गर्ने जियो कम्पनीका मालिक अम्बानीकी श्रीमती नीता अम्बानीको फोनको मूल्य ३१५ करोड पर्छ । जुन मूल्यमा प्राइभेट जेट पनि किन्न सकिन्छ । भने उनको मोबाइल फाल्कोन सुपरनोभा स्मार्टफोनको मूल्य ४८.५ मिलियन डलर रहेको छ ।

यो फोन बनाउने कम्पनीले विश्वका केहि धनी व्यक्तिहरुका लागि विशेष मागका आधारमा फोन निर्माण गर्ने गर्छ । यो फोन २०१४ मा लन्च भएको थियो । फोन २४ क्यारेट सुन र पिंक सुनबाट बनेको छ । जसमा प्लाटिनमबाट कोटिङ् गरिएको छ जसले फोनलाई फुट्नबाट बचाउँछ ।

फोनको पछाडिको भागमा हीरा जडान गरिएको छ । यो फोनको विशेषता यसलाई ह्याक गर्न सकिदैन । ह्याक गर्ने प्रयास गरेको सूचना फोनमा तुरुन्तै आउँछ । एजेन्सी

यो पनि पढ्नुहोस  हिन्दी सिनेमाका चर्चित अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा आज विहान निधन
४,पुष.२०७५,बुधबार २१:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: