दाङ बस दुर्घटनाका मृतक सबैको सनाखत, जुम्लाका मात्रै ११ जना (मृतकको नामसहित)

नेपाली जनता

दाङ । शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा मृत्यु भएका २३ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै जुम्लाका ११ छन् । त्यस्तै दाङका ६ तथा जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्वका १/१ जना छन् ।

मृतकहरु

गाडी चालक घोराही उपमहानगरपालिका ३ का मदन केसी

सहचालक तुलसीपुर उपमहानगरपालिका १८ हेमन्पुरका गणेश बिक

कृष्णसेन ईच्छुक पोलिटेक्निक ईन्स्टिच्युटका शिक्षकहरु घोराही १७ का प्रदीप घिमिरे

भूमे गाउँपालिका ६ पूर्वी रुकुमका नरेश ओली

जुम्लाको चन्दननाथ नगरपालिका ३ का अर्जुन शाही

चन्दननाथ १० का बिपना खत्री

चन्दननाथ १० का रुपेश शाही

चन्दननाथ १४ का रितेन्द्र शाही

चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय

चन्दननाथ ३ का हिक्मत बोहोरा

चन्दननाथ ६ की कुसुम रावल

हिमा गाउँपालिका ५ की सैलजा शाही

तिला गाउँपालिका १ का जंगबहादुर बिक

तिला ३ का रमेश उपाध्याय

कन्कासुन्दरी गाउँपालिका ५ का वीरेन्द्र कन्डरा

दाङको दंशिशरण गाउँपालिका १ का सञ्जित रत्गैया

घोराही १४ का विजय जिएम

बबई गाउँपालिका ५ की कविता खत्री

जाजरकोटको खलंगा नगरपालिका ४ का आतिश नेपाली

डोल्पाको गजदुल्ला गाउँपालिका ६ का गजेन्द्र एैडी

कञ्चनपुरको कृष्णनगर नगरपालिका ५ का खेमराज भट्ट

बझाङको जयपृथ्वी नगरपालिकाका महेश जोशी

बाजुराको बुढीगंगा गाउँपालिका १० का लोकेन्द्र रावल

जुम्लाका सात शव हेलिकोप्टरबाट पठाइएको जिल्ला प्रहरी प्रमुख एस्पी बेलबहादुर पाण्डेले बताए । दुर्घटनाका १४ घाइतेमध्ये १२ जनालाई नेपालगञ्जबाट हेलिकोप्टरमार्फत काठमाण्डौ लगिएको छ । एक जनाको कोहलपुर मेडिकल कलेजमै उपचार भैरहेको र एक जना उपचारपछि घर फर्किसकेको एस्पी पाण्डेले जानकारी दिएका छन् ।

घोराहीस्थित कृष्णसेन ईच्छुक पोलिटेक्निक ईन्स्टिच्युटका शिक्षक बिद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार बेलुका पौने पाँच बजे राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना भएको थियो । तिब्र गती र कठिन सडकका कारण घुम्तीमा बस नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुनसक्ने एस्पी पाण्डेले बताएका छन् । वन विज्ञान अध्ययनरत बिद्यार्थी र शिक्षकहरु प्रयोगात्मक अभ्यासका लागि सल्यानको कपुरकोटस्थि वनस्पती उद्यानको अवलोनका लागि शुक्रबार विहान गएका थिए । बेलुकापख फर्कने क्रममा दुर्घटना हुँदा बस सडकदेखि सात सय मिटर तल भिरमा खसेको थियो ।

यो पनि पढ्नुहोस  जिल्ला प्रशासन कार्यालय काठमाडौंले सांकेतिक रुपमा चाडपर्व मनाउन अनुरोध

दुर्घटनामा ९ पुरुष र ५ महिला गरी १४ जना घाइते भएका थिए । घाइते हुनेमा बंगलाचुली गाउँपालिका १ दाङकी १६ बर्षीया मनिका रिजाल, जुम्लाको चन्दननाथ नगरपालिका ३ का १६ बर्षीय कुशेन्द्र खत्री, चन्दननाथ २ का १७ बर्षीय जीवन भण्डारी, अछामको मंलगसेन नगरपालिकाका १९ बर्षीय युवराज ढुंगाना, पश्चिम रुकुमको सानोभेरी गाउँपालिका ३ की १६ बर्षीया रोजिना पुन र हुम्लाका २० बर्षीय बिरेन्द्र बटाला रहेका छन् ।

यसैगरी घाइते हुनेहरुमा जुम्लाको तातोपानी गाउँपालिका ४ की १८ बर्षीया हिमाली हमाल, जुम्लाकै चन्दननाथ नगरपालिका ४ की १६ बर्षीया पर्सा रोकाया, टिकापुर नगरपालिका ८ कैलालीकी १७ बर्षीया समिक्षा रोकाया, अछामको मंगलसेन नगरपालिकाका १८ बर्षीय बिक्रम भण्डारी र पश्चिम रुकुमको त्रिबेणी गाउँपालिका ३ का १६ बर्षीय प्रेम बहादुर खड्का छन् ।

यसैगरी घोराही १४ का १८ बर्षीय सञ्जय खनाल, पश्चिम रुकुमको सानोभेरी गाउँपालिका १० अर्माका १६ बर्षीय राजन डाँगी, अछामको मंगलसेन नगरपालिका ५ का १६ बर्षीय भद्र बिष्ट र परिवर्तन गाउँपालिका ४ रोल्पाका १७ बर्षीय प्रकाश वली घाइते भएका छन् । गाडीमा ३४ बिद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना सवार रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

 

७,पुष.२०७५,शनिबार १९:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: